|

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अनलाइनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन ‘विद्युतीय व्यापार विधेयक’ ल्याइएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले विधेयकमा छलफलका क्रममा आएका संशोधनहरूलाई नियमावली र कार्यविधिमा समावेश गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे। उनले प्रविधिको विकाससँगै आवश्यक भएका प्रावधान समयक्रमसँगै नियमावली र कार्यविधिमा समावेश गरेर कानूनलाई थप समृद्ध बनाउँदै लैजाने बताए। 

मन्त्री भण्डारीले भने,‘हामीले प्रविधिको विकाससँगै यो कानूनलाई पनि संशोधन गर्नुपर्ने हुन्छ। सरकारका तर्फबाट प्रस्तुत भएको यो विधेयकमा सरोकारवालाहरूबाट आएका संशोधनहरूलाई समेत पर्याप्त रूपमा समेटेका छौँ। अहिले अनलाइनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले विद्युतीय व्यापार विधेयकको आवश्यकता हामीले महसुस गरेका छौँ।’

विधेयकले अनलाइन व्यापारलाई पारदर्शी बनाउने र उपभोक्तालाई गुणस्तरीय सेवा र वस्तु प्राप्त गर्न सहज हुने विश्वास समेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.