काठमाडौँ : भारत ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी) मा आइतबार अपराह्न २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन र त्यसपछिको घटनामा नेपालस्थित भारतीय राजदूतावासले उच्चस्तरीय छानबिन समितिको निष्कर्षका आधारमा उचित कानुनी र प्रशासनिक कमद चालिने बताएको छ।
आज एक विज्ञप्ति जारी गर्दै दूतावासले संलग्न व्यक्तिहरूलाई निलम्बन गरी अनुसन्धान थालेको र केही गार्डलाई बर्खास्त गरिएको जानकारी गराउँदै घटनाको निष्पक्ष छानिबिन हुने बताएको छ।
अभियुक्त विद्यार्थीविरुद्ध फौजदारी मुद्दा समेत दर्ता भएको उल्लेख गर्दै दुतावासले ओडिसा प्रहरीले वस्तुनिष्ठ छानबिन गर्ने आश्वासन दिएको र विद्याार्थीहरुमाथि भएको दुव्र्यवहारका विषयमा समेत ध्यान दिनुका साथै त्यस घटनामा संलग्नहरुमाथि पनि फौजदारी मुद्दा चाइएको जनाएको छ।
यस विष्यमा अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाइएकाले त्यसको निष्कर्षका आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही हुने दूतावासले उल्लेख गरेको छ।
नेपाली विद्यार्थीहरुको सुरक्षा र स्वदेश फर्कन सहज बनाउन कक्ष पनि स्थापना गरिएको जनाइएको छ। सो घटनामा २ सुरक्षा गार्डको सेवा समाप्त गरेको, दुई वरिष्ठ छात्रावास अधिकारीको निलम्बन गरिएको जनाइएको छ।
विश्वविद्यालयका उपकुलपतिले कर्मचारीको टिप्पणी र व्यवहारका लागि खेद प्रकट गर्दै सार्वजनिक माफी मागेको जानकारी गराउँदै दूतावासले भारत सरकार नेपाली विद्यार्थीको कल्याण सुनिश्चित गर्न सबै कदम चाल्ने विश्वास व्यक्त गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।