|

काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार शुरु भएको बैठकले आज पनि निरन्तरता पाएको हो। 

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो। बैठकले प्रतिवेदनसहित सातवटा प्रस्ताव अनुमोदन गरेको छ। प्रतिवेदनमाथि आज स्थायी कमिटी सदस्यदरूबीच छलफल चल्ने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। प्रतिवेदन बिहीबार शुरु हुने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । 

बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत हुने अन्य विविध विषयमा पनि छलफल चलिरहेको छ। आजै दिउँसो १२ बजे पोलिटब्यूरो बैठक पनि बस्दैछ। यो बैठकमा पनि केन्द्रीय कमिटी बैठकमा अनुमोदन हुने विषयमा छलफल हुनेछ।

केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गर्नेछ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.