|

काठमाडौं : सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। 
उक्त सम्झौताअनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । यस साझेदारीले सानिमा बैंकको ट्रेड फाइनान्स सर्भिसलाई महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक श्री एडमिर इमामीले यस सम्झौतामा हस्ताक्षर गरेका छन्। यस साझेदारीले नेपालकोे ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो ऊर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। 

यो प्रयास फोसिल फ्युलमा निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ। सानिमा बैंकले स्वच्छ ऊर्जा परियोजनाहरूलाई प्रवर्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ। सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा ए.टि.एमहरु संचालनमा रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.