जनकपुरधाम : मिथिलाको महाकुम्भ मानिने ऐतिहासिक १५ दिने माध्यमिकी परिक्रमा आइतबार महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ।
बिहीबार बिहान धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ कचुरि स्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा राति हनुमाननगरमा बिश्राम गरेका थिए।
शुक्रबार भारतको कल्याणेश्वर शनिबार गिरिजास्थान हुँदै आज आइतबार मटिहानी आइपुगेको हो। मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न विशिष्ट व्यक्तिहरूका साथै मटिहानीवासीले मिथिला बिहारी र किशोरीजीको डोलासँगै सम्पूर्ण परिक्रमा यात्रीलाई स्वागत गरेका छन्।
परिक्रमा स्थल अहिले परिक्रमा यात्री तथा परिक्रमा हेर्न आउनेहरूले भरिभराउ छ।स्थानीय निकाय, बृहत् जनकपुर क्षेत्र विकास परिषद,मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरलगायत विभिन्न सरोकारवाला निकाय तथा स्थानीयहरूको सहयोग र समन्वयमा परिक्रमा यात्रीहरूको लागि आवश्यक व्यवस्थापन भइरहेको छ।
रामसीता मिथिलामा हुँदा बिहार ९भ्रमण० गरेका देवस्थलहरू, राजा जनकको राज्यका चारैकोणमा अवस्थित शिवालय, उनको कुलदेवी, माता सीताको फूलबारी (जहाँ राम र सीताको पहिलो भेट भएको मानिन्छ), रामसीताले नित्य होली खेल्ने स्थल कञ्चनवन, उनको विवाहमा मटकोरको लागि माटो उत्खनन भएको मटिहानीलगायतका मिथिलाधामभित्रका विभिन्न धार्मिक, र ऐतिहासिक स्थलहरूको परिक्रमा चलिरहेकोमा सोही क्रममा परिक्रमा मटिहानी आइपुगेको हो।
भगवान, महर्षि, ऋषिमुनि, साधुसन्तको तपोभूमि स्थलहरूको परिक्रमा गर्दा पुण्य र मोक्ष प्राप्ति हुने अटल विश्वासका साथ परापूर्वकालदेखि १५ दिने माध्यमिकी परिक्रमा सञ्चालन हुँदै आएको विश्वास छ।यद्यपि, यसको सञ्चालनकै विषयमा फरक फरक मत छ। केही साधुहरू मिथिला बिहारी मन्दिरका प्रथम महन्थ लाढ्ली शरणजी महाराज नै परिक्रमाको प्रथम सञ्चालक रहेको बताउँछन् भने केहीले जनकपुरस्थित मधुकर कुञ्ज कुटीका सन्त सियालाल शरणजी महाराज (प्रेमलताजी महाराज) परिक्रमाको प्रथम सञ्चालक रहेको बताउँछन्।
किशोरीजी डोला प्रमुख नवलकिशोर शरणसमेत सियालाल शरणलाई नै परिक्रमा सञ्चालक रहेको बताउँछन्।परिक्रमाको दस्ताबेजहरू खोजबिन भइरहेको बृहत् जनकपुरक्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले बताए।
परिक्रमाको सुरुवातकर्ताबारे समयले बताउने र अहिले परिक्रमाको अन्तर्राष्ट्रियकरणबारे बहस हुनुपर्ने बताए।
मटिहानी पछि जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही र पुनः भारतको विसौल तथा पुनः कलानेश्वर हुँदै जनकपुर आइपुग्ने छ।
प्रत्येक विश्रामस्थलमा धार्मिक धरोहरहरु छन जस्को आफनै इतिहाँस र पौरानिक विशेषता छ। फुलहरमा राम र सीताबीच पहिलो मिलन भएको विश्वास छ भने मटिहानीमा विष्णुको प्रख्यात मन्दिर छ। कञ्चनवनमा राम र सीता फागु खेलेको किम्वदन्ती छ। सीता स्वयम्वरका बेला भाँचिएको शिवधनुषको एक टुक्रा धनुषाधाममा खसेको किम्वदन्ती छ भने सतोषरमा सप्तऋषिको आश्रम रहेको विश्वास छ।
फागुन शुक्ल औंसी तिथीको दिन कचुरीबाट शुरु भएको परिक्रमा फागुन पुणिर्माका दिन जनकपुरधाम नगरको परिक्रमा अर्थात अन्तगृह परिक्रमा पुरा गर्दै रंग अविर र होली खेल्दै घर र्फकने गर्छन्।
फागुन पुर्णिमाकै दिन होली मनाइने भएपनि परिक्रमाकै कारण तिर्थयात्रीलाई आराम गर्ने समय दिइयोस भन्दै मिथिला र मधेशमा त्यसको भोली पल्ट मात्रै होली मनाइने परम्परा छ। त्यसो त परिक्रमाको सातौं विश्राम स्थल महोत्तरीको कञ्चनवनमै भगवान सितारामले होली खेलेकाले परिक्रमा कञ्चनवन पुगेकै दिन देखि मिथिलाञ्चलनमा विधिवत होली खेल्न शुरु भएको जनविश्वास पनि छ।
दुई मित्र देश नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाएको यस तिर्थयात्राको विकास र प्रचार प्रसार तथा तिर्थयात्रीलाई हुने समस्याको समाधान गर्न राज्य पहल गर्न आवयश्क छ।
फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तगृही परिक्रमा पुरा गरेर घर र्फकने गर्छ।परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।