|

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले फर्जी भर्ना गरिएको आरोपमा पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको छ।
निर्वाचन आयोग पब्लिक युथ क्याम्पसद्वारा निकालिएको अन्तिम मतदाता नामावली सूचिमा विटिटिएम् प्रोग्राम तेस्रो सेमेस्टरमा अध्ययनरत विधार्थीहरूको सूचीमा फर्जी पाइएको भन्दै तालाबन्दी गरिएको हो।

यस विषयमा निर्वाचन समितिलाई जानकारी गराउँदा पनि बेवास्ता गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको र वास्तविक विद्यार्थीलाई मताधिकारबाट वञ्चित गरेकोले बाध्य भएर तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.