|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले आज नेकपा एमालेको मुख्यालयमा धर्ना दिएको छ।

महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत दलहरूलाई ध्यानाकर्षण गराउने क्रममा शिक्षक नेताहरू च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका हुन्।

महासंघको टोलीले हिजो नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो।

महासंघले चैत १ गते माओवादी कार्यालय, २ गते नेकपा समाजवादी, ३ गते रास्वपा, ४ गते जसपा, लोसपा र राजमोको कार्यालयमा र ५ गते जनमत, नागरिक उन्मुक्ति, राप्रपाको कार्यालयमा धर्ना दिने भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.