|

काठमाडौं : पहाडी क्षेत्रमा बिहीबार र तराई-मधेशमा शुक्रबार धुमधामसँग फागु (होली) पर्व मनाइँदै छ।  रङहरूको पर्व भनेर चिनिने होलीमा विभिन्न रङ एक आपसमा लगाएर मनाइने गरिन्छ।

होलीमा विशेषगरी रातो, नीलो, कालो, हरियो, पहेंलो र आजभोलि केही केमिकलयुक्त ‘सिल्भर’ रङ पनि प्रयोग गरेको पाइन्छ। तर रमाइलो र एकापसमा आत्मीयता साटासाटका लागि लगाइने यस्ता रङले  हाम्रो शरीरलाई असर गरेको हुन्छ।

कस्तो रङ प्रयोग गर्ने?

होलीमा सबैभन्दा विशेष सावधानी अपनाउनु पर्ने विषय भनेको रंगहरुको छनोट गर्दा हो।

अहिले धेरै रंगहरूमा सिसा, मर्करी, जस्ता स्वास्थ्यका लागि हानिकारक केमिकल प्रयोग गरिएको हुन्छ। यस्ता केमिकल मिसावाट भएका रंगहरुले आँखा र छाला, नाक जस्ता अंगरुमा संक्रमण गराई तत्कालीन र दीर्घकालीन असर पुर्‍याउने जोखिम हुन्छ। त्यसैले रङको छनोट गर्दा ध्यान दिनु पर्छ। सकभर नरम रङ छनोट गर्नु पर्छ नरम रङमा अलि कम हानिकारक हुन्छ।

रङमा भएको रसायनले आँखा तथा छालामा असर गर्छ। यसले गर्दा छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउने हुनेजस्ता समस्या आउन सक्छ।

त्यसैले सकभर प्राकृतिक रंगहरु प्रयोग गर्नु पर्छ यो नभए नरम खालका रंगहरु प्रयोग गर्नु पर्छ। सकभर सिल्भर कलर प्रयोग नगरेको राम्रो हुन्छ।

रङ लगाउनुपूर्व यसो गर्नुस्

त्यसैले होलीमा रङ लगाउनुपूर्व बाक्लो गरी भ्यास्लिन,सनब्लक तथा मोइस्चराइजर क्रिम लगाउनुपर्छ। यसले गर्दा छाला चिल्लो भएकै कारण रङले छालामा धेरै असर गर्न पाउँदैन। यस्तै रङ लगाउँदा आँखा र कानमा सकभर रङ पार्नु हुँदैन।

रसायनयुक्त रङले कपालमा असर गर्ने हुँदा होली खेल्नुअघि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ। यसले गर्दा रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन।

सकभर रङ लामो समय अनुहारमा राख्नु हुँदैन। सकभर रङ लगाएको एक घण मा पखालीसक्नु पर्छ। यसरी रङ पखाल्दा सकभर चिल्लोयुक्त साबुन वा फेसवासहरूले रङ पखाल्ने गर्नुपर्छ। रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ।

चिकित्सक यसो भन्छन्-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.