|

काठमाडौं : रङ्गै रङको पर्व होली नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। भोलि उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइन्छ भने तराईमा शुक्रबार मनाइने गरिएको छ। होली नजिकिएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भिड लागेको छ।

असन र इन्द्रचोकका गल्लीहरूमा होलीका रंग, टीशर्ट, कुर्ता, वाटर गन, र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन्। व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही रंग छान्दै छन्, कोही मोलमोलाइ गर्दै छन्। सडकभरि चहलपहल छ, होलीको माहोल झल्किएको छ।

होली खेल्दा लगाइने लुगा बच्चाको जोडीको ३०० र ठूलोको जोडीको ४००मा बिक्री भइरहेको छ भने त्यस्तै पानी हालेर खेल्ने पिचकरी ५० रुपैयाँदेखि १५०० सम्म बिक्री भइरहेको रङको प्याकेटको २० रुपैयाँदेखि २०० रुपैयाँ पर्ने व्यापारीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.