|

काठमाडौं : ​ फाल्गुन शुक्ल अष्‍टमीका दिन लिङ्गो उठाएर त्यसमा विभिन्न रङ्गीन कपडा (चीर) फहराएपछि  फागु अर्थात् होली पर्व शुरू भएको मानिन्छ।

यसरी सुरू भएको फागु पूर्णिमाका दिन लिङ्गो ढालेर चीर जलाएपछि फागु सम्पन्न हुन्छ। तराईमा भने भोलिपल्ट होली खेलिन्छ। अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ।

आपसमा विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर सद्भावपूर्वक खेलिने यो पर्वमा गीत-संगीतको विशेष महत्त्व छ। ठाउँविशेषमा ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।

होली विशेष भएर नेपाली चलचित्र होस् या अन्य क्षेत्रमा होस् विभिन्न गीत सिर्जना गरिएका छन्। आउनुस् केही गीतको चर्चा गरौँ-

होलीले रंग्यायो मेरो चोली( अधिकार)

नेपाली चलचित्र ‘अधिकार’ को गीत हो यो । यो गीतको शब्द भने चर्चित गीतकार किरण खरेलले लेखेका हुन्। २०४९ सालमा प्रदर्शनमा आएको यो चलचित्रका निर्माता वीरेन्द्र नारायण श्रेष्ठ, वीरनारायण भारी, यज्ञप्रसाद कसजु, विजय श्रेष्ठ हुन्। फिल्ममा राजेश हमाल, मिथिला शर्मा, कृष्टि मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल र नीर शाह लगायतको अभिनय छ ।

रातो रातो पहेँलो (वसन्ती)

नेपाली चलचित्र वसन्तीमा ‘रातो रातो पहेँलो’ गीत समावेश छ। ज्ञानु राणा र लोचन भट्टराईले गाएको यो गीत नीर शाहले लेखेका हुन्।

शम्भुजित बास्कोटाको संगीत रहेको छ। उक्त चलचित्रमा निरुता सिंह, राजेश हमाल, करिस्मा मानन्धर, अशोक शर्मा, राजाराम पौडेल र किरण केसीको अभिनय  छ।

होली रे होली रे जनकपुरमें होली रे (सीता)

नेपाली चलचित्र सीतामा समावेश छ, होली रे होली रे जनकपुरमेँ होली रे  गीत। अशोक शर्माको निर्देशनमा बनेको  चलचित्र किरण शर्माले निर्माण गरेकी हुन्।

यो फिल्मका सबै गीत धनेन्द्र विमल र नीर शाहले लेखेका हुन् भने संगीत शम्भुजित बास्कोटाको छ। चलचित्रमा भुवन केसी, सन्नी रौनियार, श्रीकृष्ण श्रेष्ठ, सारंगा श्रेष्ठ, अशोक शर्मा, राजाराम पौडेल र वसुन्धरा भुसाललगायतको अभिनय छ। यो चलचित्रमा उदिपनारायण झा, कविता कृष्णमूर्ति, दीपा झा र बास्कोटाको आवाजमा गीत समावेश छन्।

होली रे (बटरफ्लाई)

नेपाली चलचित्र बटरफ्लाईमा समावेश छ होली रे गीत।  राजेशपायल राई र माण्डवी त्रिपाठीको स्वरमा रहेको यो गीत प्रमोद ढुंगानाले लेखेका हुन्। संगीत भने विकास चौधरीको छ।

प्रियंका कार्की, आर्यन अधिकारी अर्पन थापाले अभिनय गरेको यो चलचित्र रमेश पण्डितले निर्माण गरेका हुन्। ओम प्रतीक निर्देशक हुन्।

रंग रंगमा होली (गाजलु)

चलचित्र गाजलुमा समावेश छ रंग रंगमा होली। अनमोल केसी, सृष्टि श्रेष्ठ, मेनुका प्रधान र गौरव पहारीलगायतको अभिनय छ।  गीतमा शिवानी मोक्तानको स्वर छ भने संगीत र जेन जेको शब्द छ।  हेमराज बिसीको निर्देशनमा बनेको फिल्म रोहित अधिकारी र बिसीले निर्माण गरेका हुन्।

चलचित्रमा मात्र नभई अन्य विधाका संगीतमा पनि होलीलाई समेटिएको पाइन्छ।

होलीमा हो होलीमा

गायक रमेशराज भट्टराईको गीत होलीमा हो होलीमा पनि होलीको समयमा ज्यादै बज्ने गीत हो।  यो गीतमा भट्टराईको स्वर छ भने संगीत र शब्द पनि उनकै हो। केशव बडूको एरेन्ज रहेको गीतमा दीपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका छन्।  सुनिल क्षेत्री, एलिशा शर्मा, उत्सग भट्टराई र एभेलिना खड्काको अभिनय छ।

ह्याप्पी होली

गायक भूपू पाण्डेको स्वरमा रहेको गीत ह्याप्पी होली पनि होलीमा ज्यादै सुनिने गीतमा पर्छ। राजेश अर्यालको शब्दमा रहेको यो गीतमा पाण्डेको संगीत छ।

सुरजदेव कुसुम्यको निर्देशनमा रहेको गीतमा भिजु पार्की, कविता नेपाली,  विना राउत, सरोज प्रजा, उषा उप्रेती, डिमोन क्षेत्री, गरिमा शर्मा, प्रीन्स विश्वकर्मा, ऋचा थापा र विजय पुनको नृत्य देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.