काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्ने कुरामा वैचारिक अन्योल देखिएको बताएका छन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्तिले बुधवार आयोजना गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको बताए। उनले कर्मचारीतन्त्रले शासकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गरे।
उनले राजनीतिक परिवर्तन भए पनि राज्यका अङ्गहरू पुरानै रहेकाले उनीहरूको बुद्धि विवेकले काम नगरेको आरोप लगाए।
उनले सत्तामा पुगेका हरेक नेताहरूलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दावी गरे। अबको विकल्प राजनीतिमा नभइ कर्मचारीतन्त्रमा चाहिएको उनको भनाइ थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।