|

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै हाल न्यूयोर्कमा रहेकामन्त्री सुडीले संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा बुधबार आयोजित मन्त्रिस्तरीय गोलमेच बैठकमा उनले यो प्रतिबद्धता जनाएका हुन्। 

उनले महिलालाई राज्यका सबै तहमा अवसर दिने, उनीहरूविरुद्धका हिंसा उन्मूलन गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको भन्दै त्यसका लागि कानूनी तथा नीतिगत संरचना बलियो बनाएको बताए। 

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार मन्त्री सुडीले नेपाल सरकार राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनका लागि सधैँ तत्पर रहेको, महिला समानता र विकास सुनिश्चित गर्नका साथै  राजनीतिक अधिकार, शासन व्यवस्था, शिक्षा, रोजगारी, स्वास्थ्यलगायत  क्षेत्रमा उनीहरूलाई उच्च प्राथमिकता दिएको बताए।

उनले महिलाहरूको लागि संविधानमा धेरै सकारात्मक व्यवस्था गरिएको तथा लैङ्गिक समानता प्रवर्धन र महिला सशक्तीकरणप्रति नेपालको दृढ प्रतिबद्धता दोहोर्‍याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.