|

काठमाडौँ : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा एमाले र एकीकृत समाजवादी विद्यार्थी संगठनबीच तालमेल भएको छ। चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि एमालेनिट अनेरास्ववियु र एकीकृत समाजवादी निकट नेरास्ववियूबीच चार क्याम्पसमा तालमेल भएको हो। 

काठमाडौँ उपत्यकाभित्र त्रिविअन्तर्गतका तीन आंगिक क्याम्पसमा उनीहरूबीच चुनावी तालमेल भएको छ भने उपत्यकाबाहिर एक आंगिक क्याम्पसमा तालमेल भएको छ।

उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, रत्नराज्य (आरआर) क्याम्पस र त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियु र ​अनेरास्ववियू (एकीकृत समाजवादी निकट)बीच तालमेल भएको छ भने उपत्यकाबाहिर मोरङको डिग्री क्याम्पसका उनीहरूले तालमेल गरेका छन्। 

तर डिग्री क्याम्पसमा भने विवाद छ। त्यहाँ एकीकृत समाजवादीनिकट अनेरास्ववियूले अध्यक्ष लिएको छ भने बाँकी पदमा अनेरास्ववियुले उम्मेदवारी दर्ता गरेको छ तर एउटा पक्ष असन्तुष्ट छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.