जनकपुरधाम : जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ।
बिहीबार जनकपुरधाम-८ स्थित ज्ञानकुप संस्कृत विद्यालयको पूर्वपट्टी भवन निर्माणको शिलान्यास एवं भूमि पूजन गरिएको हो। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले भूमि पूजन गरे।
मुख्यमन्त्री सिंहले यातायात जस्तो दैनिक अति व्यस्त सेवाप्रदायक कार्यालयको आफ्नै बन्नु सुखद रहेको बताए। कार्यालयको व्यवस्थापन र नयाँ भवनका लागि सीताकुण्डका महन्त रामनरेश दासले एक बिघा जग्गा दान गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।