|

सिरहा: सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीया कारी सदा र ६६ वर्षीय रामदेव सदा रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले सिरहा जिल्ला अदालतबाट म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको बताए।

योसँगै उक्त घटनामा हालसम्म पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ। मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित आठजना पक्राउ परेका थिए। 

गत माघ २७ गते राति शौच गर्न निस्केकी सदा सामूहिक बलात्कारमा परेकी थिइन्। माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो।

माघ ३० गते साँझ रिङ्कु आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.