काठमाडौँ : फागु पूर्णिमा अर्थात् होली पर्व बिहीवार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ।
हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ। तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको छ।
आजको होलीमा ठूला दुर्घटनासमेत नभएको प्रहरीले जनाएको छ। भोलि शुक्रवार तराईका जिल्लामा होली मनाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।