|
सांकेतिक तस्वीर

काठमाडौँ : बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा  महोत्तरीमा सशस्त्र प्रहरीका एकजना नायब निरीक्षक (सई) पक्राउ परेका छन्।  

त्यहाँको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र सिंहलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नकुल पोखरेलले थाहाखबरलाई जानकारी दिए।

'उनीमाथि बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने आरोप छ, अहिले हामीले अनुसन्धान थालेका छौँ', पोखरेलले थाहाखबरसँग भने। 

उनले सशस्त्र प्रहरीले नै नियन्त्रणमा लिएर सिंहलाई प्रहरीको जिम्मा लगाएको पनि जानकारी दिए। 

उनीमाथि १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले बताएको छ। 'मर्निङ वाक'मा निस्किएका बेला उनले दुर्व्यवहार गरेको बताइएको छ।

सोही विषयमा स्थानीयले नाराबाजी गर्दै कारबाहीको मागसहित बेस क्याम्प घेराउ गरेका थिए। स्थानीयहरूले भने उनले करणी गरेको आरोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.