युरोप, अमेरिका, अष्ट्रेलिया, अरब, भारत, नेपाल जस्ता विभिन्न देशका साँस्कृतिक मौलिक खाना र तिनका सन्दर्भमा अर्थ निकालेर पुस्तक तयार पारेर चर्चा कमाएका व्यक्ति हुन्, शिव न्यौपाने।
न्यौपानेले फुड डिक्सनरी ‘फलाङ फुड’ पुस्तक तयार पार्नुका साथसाथै, विभिन्न देशका रैथाने खानाको अध्ययन र तिनका अर्थबारे जानकारी प्रस्तुत गरेका छन्। उनको यो पुस्तक, विशेषगरी अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कॉट मोरिसनले सन् २०२२ मा प्रशंसा पत्र प्रदान गरेर कदर गरेका थिए।
न्यौपाने, सन् २०१० मा अध्ययनका लागि अष्ट्रेलिया पुगेका स्याङ्जा फलाङ निवासी हुन्। आफ्नो जन्मस्थानको नामबाटै पुस्तकको नाम फलाङ फुड राखेको बताए। सानैदेखि लेखन र अनुसन्धानमा रुचि राख्ने न्यौपानेले विभिन्न सञ्चार माध्यममा अष्ट्रेलियाबाट खबरसमेत प्रकाशन गर्दै आएका छन्।
सन् २०१७ देखि उनले संसारभरिका रैथाने खानाको अध्ययन गर्दै, १० हजार शब्दको फूड डिक्सनरी तयार गरे, जसमा विभिन्न देशका खानाको महत्त्व र तिनका साँस्कृतिक सन्दर्भका बारेमा विस्तृत जानकारी प्रस्तुत गरिएको छ। यस पुस्तकलाई नेपाल, अष्ट्रेलिया र संसारका विभिन्न मिडियाहरूले प्रशंसा गरेका थिए।
यो पुस्तक हालसम्म ५००० भन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।