|

काठमाडौं : नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ।

प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशकलगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाएका थिए।

कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा आएर सम्पन्न भएको हो। वार्षिकोत्सवको अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.