|

काठमाडौँ : प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेश प्रदेश प्रहरीले चुमेको छ।

नेपाल प्रहरी खेलकुद समितिले मूलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले सुरक्षानिकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने संगठनमा खेलकुदको महत्त्व अझ अधिक रहेको बताए। उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्ताराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु संगठनका निम्ति गौरवको विषय भएको बताए।

फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.