|

गण्डकी : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कसैको पनि सेवा सुविधा बढाउने पक्षमा पार्टी नरहेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ को आज पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टी केन्द्रीय सदस्य महतले पूर्वपदाधिकारीको सेवा सुविधा बढाउने लागेको भन्दै सरकार र कांग्रेसको आलोचना भइरहेकाले यस्ता कुराका पछि नलाग्न आग्रह गरे।

आर्थिक रुपान्तरणको एजेन्डालाई सशक्त बनाउनुपर्नेमा जोड दिँदै उनले युवाका लागि देशमै अवसर सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए। 

विभागका प्रमुख मीन विश्वकर्माले कांग्रेसले देशका सबै तहमा बहुमत नेतृत्व गरिरहेका अवस्थामा पनि निराशका कुरा बढी हुनु राम्रो नभएको बताए।

उनले पार्टी नेतृत्वमा भएका कामको प्रचारमा जुट्न र पार्टीभित्रै एकले अर्कालाई आलोचना गर्ने प्रवृत्ति हटाउन आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.