|

काठमाडौं : युगाण्डामा जारी वुमेन्स डे कप ट्वेन्टी ट्वेन्टी सिरिज अन्तर्गत नेपालले आज तेस्रो स्थानका लागि खेल्दैछ।  नेपालै टोलीले आज दिउँसो पौने १ बजे युुगान्डामा सुरु हुनेछ। 

लिग चरणको अन्तिम खेलमा नेपालले हङकङकलाई ६ विकेटले हरायो। तर यसअघिनै तालिकाको पुछारमा रहँदै फाइनल दौडबाट बाहिरीसकेको नेपालका लागि यो सान्त्वना जितमात्र रह्यो।

गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक महिला ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा खराब प्रदर्शन गरेको नेपाली टोलीले अझै लय समाउन सकेको छैन।

नेपाली महिला क्रिकेट टोलीको खराब लय युगाण्डामा पनि तोडिन सकेन। कमजोर प्रदर्शन कायमै रहँदा युगाण्डामा खेलेका ६ खेलमा नेपाल ४ खेलमा पराजित भयो।

आफ्ना पछिल्ला १५ खेलमा नेपालले १३ मा हार ब्यहोरेको छ। यहि सिरिजमा घरेलु टोलीलाई १ विकेट र अन्तिम खेलमा शुक्रबार हङकङलाई ६ विकेटले हराउनु नै नेपालको सफलता बन्यो।

सिरिजको पहिलो खेलमा नामिबियासँग डिएल मेथडमा हारेको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई हरायो। त्यसपछिका खेलमा हङकङकसँग २ रन, नामिबियासँग २३ रन र घरेलु टोली युगाण्डासँग ४० रनले हारेको नेपालले लिग चरणको अन्तिम खेलमा हङकङलाई हराएको थियो। 

पछिल्ला खेलमा देखिएका कमजोरी सच्याउँदै उपाधि जित्ने लक्ष्यसहित युगाण्डा पुगेको नेपाल तालिकाको पुछारमा रहँदै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो। 

नेपालको हारमा मुख्य कमजोरी फितलो ओपनिङ रह्यो । अन्तिम खेल बाहेक बाँकी ५ खेलमा नेपालले ओपनरबाट उत्कृष्ट सुरुवातनै पाउन सकेन।

सुरुवातीक्रमका ब्याटरले जिम्मेवारपूर्ण ब्याटिङ गर्दै ठूलो स्कोरको आधार खडा गर्न नसक्दा मध्येक्रममा त्यसको असर देखियो।

पूर्व कप्तान समेत रहेकी रुविना क्षेत्रीले समेत लय समात्न सकिनन्।  त्यस्तै, कप्तान इन्दु बर्माको प्रदर्शन राम्रो भएन।  कविता जोशी र बिन्दु रावलबाट पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। 

उपाधिका लागि आजै घरेलु टोली युगान्डा र नामिबिया खेल्दैछन् । लिग चरणमा आयोजक युगान्डाले छ मध्ये चार र नामिबियाले तीन खेल जितेका थिए। 

फाइनल खेल बेलुका पौने ५ बजे शुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.