|

 बैंककमा निर्माणाधीन एक्सप्रेसवे पुलको कंक्रिटको बिम भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

लगभग २४ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन्। रामा रोडनजिकै यो घटना भएको हो। कामदारहरूले बीममा सिमेन्ट खन्याइरहेका बेलामा बिम भत्किएको हो। दुईजना अझै बेपत्ता भएको रिपोर्ट गरिएको छ।

उद्धार कार्य जारी रहेको र घाइतेहरूलाई नजिकैको अस्पताल पठाइएको छ। कामदारहरूले धेरै सिमेन्ट खन्याइरहेका कारण भार बोकेको एउटा बिम फुटेको अनुमान छ। अधिकारीहरूले नजिकैको सडक अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेका छन्। भत्किनुको कारणको बारेमा अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.