इराकी नेताहरूले बगदादमा सिरियाका विदेश मामिला प्राधिकरणका प्रमुख असाद अल–शैबानीसँग भेटेर द्विपक्षीय सम्बन्ध र आतंकवादविरोधी सहयोगको बारेमा छलफल गरेका छन्। अल–शैबानी भ्रमणमा रहेको इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले सिरियाली जनताको इच्छाको सम्मान गर्ने इराकको दृढ र स्थिर अडानलाई पुनः पुष्टि गरे।
सिरियाको विविधता र सामाजिक एकताको रक्षा गर्ने समावेशी राजनीतिक प्रक्रियाको आवश्यकतामा जोड दिए।
उनले सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि इराकको समर्थनलाई पनि दोहोर्याए। सिरियाको आन्तरिक मामिलामा कुनै पनि वाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने बताए।
इराकी विदेशमन्त्री फुआद हुसेनले आतंकवादी समूह इस्लामिक स्टेटसँग लड्न संयुक्त कार्य बढाउने महत्वमा जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।