|

काठमाडौं : मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा विद्यार्थीहरुले प्रश्नपत्र पाएर उत्तर लेख्दालेख्दै परीक्षा स्थगित भएको छ। आज(आइतबार) बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै विश्वविद्यालयले लापरबाही गर्दै स्थगन भएको हो।

परीक्षार्थीहरूका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका बाँडिएपछि उत्तर लेख्दै थिए। तर, विश्वविद्यालयले एक्कासी स्थगित गरिएको जानकारी दियो। यसरी परीक्षा स्थगित गरिएपछि परीक्षार्थीहरूले आक्रोश पोखेका छन्। विश्वविद्यालयले समयमै सूचना नदिँदा दु:ख दिएकाे बताएका छन्।

मध्यपश्चिम विश्वविद्यालय,ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सले आज जारी गरेको सूचनामा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कारण देखाउँदै परीक्षा स्थगित गरिएको उल्लेख छ।

‘स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको मिति २०८१/१२/०२ को पत्रानुसार र मध्यपश्चिम विश्वविद्यालय ग्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सअन्तर्गत संचालित सम्पूर्ण केन्द्रीय विभागका विभागीय प्रमुखहरूको मिति २०८१ साल चैत्र ०३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. ०१ अनुसार मिति २०८१ साल चैत्र ०३ गते देखि हुने भनिएको स्नातक तह प्रथम र सातौँ सेमेष्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआए सम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.