|

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो पोलेर जलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठनका नेता निराजन बम छन्।

बमलाई प्रहरीले चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरेको बताइएको छ।

स्थायी घर कालीकोट घर भएका बम राप्रपा युवा संघको महासचिवसमेत हुन्। शनिबार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा युवा नेता बमले औपचारिक कार्यक्रममै प्रचण्डको तस्बिरमा लाइटर बालेर ह्वार्रह्वार्ती जलाएका थिए।

विभिन्न कार्यक्रम तथा आन्दोलनका क्रममा घोषित रूपमै  आन्दोलनकारीहरूले विभिन्न नेता तथा सरकारका प्रमुखहरूको पुतला नै जलाउँदा पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्ने गर्ने गरेको छैन। यद्यपि, राप्रपाका युवा  नेतालाई बमलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति सामाजिक संजालदेखि आइतबारको संसद्‌मा समेत व्यापक चर्चा र विरोध भइरहेको छ। आफ्नो फोटो जलाइएको घटनाबारे प्रचण्डले भने कुनै प्रतिक्रिया दिइसकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.