काठमाडौँ : नेपाल बैंक लिमिटेड र नेचुरल आईभीएफ प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
कार्यकारी अधिकृत (सीईओ) प्रकाशकुमार अधिकारी र वात्सल्य नेचुरल आईभीएफका तर्फबाट डिजिटल तथा मिडिया प्रबन्ध नवीन विष्टले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौताबमोजिम अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकलाई प्याथोलोजी र औषधि सेवामा ५ देखि १५ प्रतिशतसम्म र आईभीएफ प्याकेजमा कर्मचारीलाई १५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडका ग्राहकलाई १० हजार रुपैयाँसम्म छुट हुने भएको छ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले काठमाडौँस्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवलमा अवस्थित वात्सल्य नेचुरल आईभीएफका अस्पताल र क्लिनिकहरूले प्रदान गर्ने उच्चस्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।