म्याग्दी : धवलागिरि गाउँपालिका-७, ताकममा रुखबाट लड्दा एक वृद्धको ज्यान गएको छ।
स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटर पर रहेको जङ्गलमा खनियाको रुखबाट लडेको अवस्थामा स्थानीयले फेला पारेको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए।
स्थानीयवासीले खबर गरेपछि आइतबार साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको प्रनाउ श्रेष्ठले जानकारी दिए। वृद्धको घटनास्थलमै मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट लडेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।