|

पाल्पा : पाल्पामा दुई मजदुर मृत फेला परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ का २६ वर्षीय भोजराज अस्लामी र दाङको तुल्सीपुर उपमहानगरपालिका ३ का ४५ वर्षीय तेजबहादुर रासकोटी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

उनकाअनुसार ती दुबै जना पाल्पास्थित कालीगण्डकी नदीमा मृत भेटिएका हुन्। मृत भोजराज अस्लामी बगनासकाली गाउँपालिका ६ दर्पुकस्थित कालीगण्डकी कोरीडोर सडकखण्डको अस्थायी क्याम्पमा बस्दै आएका थिए।  उनी डोजर अपरेटरको काम गर्थे।

गत फागुन २६ गतेदेखि उनी सम्पर्कविहीन भएका थिए। २६ गते बेलुकी खाना खाएर साथीहरूसँग सुतेका उनी अर्को दिन बिहान हेर्दा बिस्तारामा थिएनन्। सिसी टिभीको फुटेज हेर्दा उनी राती २ बजे क्याम्पबाट बाहिर निस्किएको भेटिएको छ।

खोजतलास गर्ने क्रममा बगनासकाली गाउँपालिका ६ कै माइचौरस्थित कालीगण्डकी नदीमा मृत शनिबार मृत फेला परेका प्रहरीले बताएको छ। शव पोष्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको छ।

यस्तै तेजबहादुर रासकोटी नुहाउने क्रममा कालीगण्डकीमा डुबेर बेपत्ता भएका थिए। गत फागुन २९ गते बिहान साढे ११ बजे उनी बगनासकाली गाउँपालिका ६ कै माइचौरस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका थिए।

खोजी गर्ने क्रममा घटनास्थल भन्दा २ सय मिटर तल नदीमा रासकोटी शनिबार मृत फेला परेका प्रहरीले जनाएको छ।  मृत रासकोटी कालीगण्डकी करीडोर अन्तर्गत राम्दी रानीमहल खण्डमा मजदुरको काम गर्दै आएका थिए।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.