|

काठमाडौं :  चिरपरिचित विभागीय प्रतिद्वन्द्वी त्रिभुव आर्मी क्लबलाई २८–२२ ले पराजित गर्दै नेपाल एपीएफ क्लब २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार सम्पन्न प्रतियोगितामा अर्को विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान हासिल गरे।

अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगिताका शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख, १ लाख र ५० रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा पुलिसकी मानमती विष्ट उत्कृष्ट रेडर र एपिएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित भए। दुवैले ४० इन्चको टीभी पुरस्कार पाए। 

तीन दिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टीम सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.