काठमाडौं : जाजरकोटमा रुखबाट लडेर दुई जना महिलाको मृत्यु भएको छ।
छेडागाड नगरपालिका- ६ की सरिता केसीको घाँस काट्ने क्रममा रुखबाट लडेर आइतबार मृत्यु भएको हो। छेडागाड नगरपालिका ६ उलीसैन जङ्गलमा घाँस काट्न क्रममा रुखबाट लडेकी थिइन्। दिउँसो २ बजे मृत्यु भएको हो।
यस्तै कुशे गाउँपालिका ९ की १८ वर्षीया पुष्पानाथ गिरी र छेडागाड नगरपालिका- ६ मेहेल्यका ४६ वर्षीया सरिता केसीको रुखबाट लडेर मृत्यु भएको हो।
शनिवार बिहान १० बजे छेडागाड नगरपालिका १० नलफु स्थित माइती गएको वेला काफल खाने क्रममा रुखबाट लडेर घाइते भएपछि उनलाई उपचारका लागि नेपालगञ्ज लिएको थियो। उपचारका क्रममा कोहलपुर अस्पतालमा आइतबार दिउँसो ३ बजे उनको मृत्यु भएको कुशे गाउँपालिका- ९ का वडा अध्यक्ष शिवराज गिरीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।