काठमाडौं : नेपाली चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ। यही चैत १५ गते रिलिज हुने उक्त चलचित्रलाई लेखन तथा निर्देशन अरुण लामाले गरेका छन्।
चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, विरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको पनि प्रमुख भूमिका रहेको छ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्। चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन्।
छायाकंन निर्देशक सौरभ लामा, मुख्य सहायक छायांकन ईश्वर सिन्केमान, सहायक छायांकन हिमाल श्रेष्ठ रहेका छन्। ट्रेलर बुढासुब्बा डिजिटलको अफिसियल युट्युबबाट सार्वजनिक भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।