|

काठमाडौं : कैलालीको धनगढी-अत्तरिया छ लेन सडकमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। पछाडि बस्ने एकजना घाइते भएका छन्। 

बर्दगोरिया गाउँपालिका–४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो।  उनले चलाएको सुपप्र ०१-००९ प १२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर आइतबार राति पुलमा ठोक्किएको थियो। 

गम्भीर घाइते सुवेदीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए। 

मोटरसाइकल पछाडि बसेकाबाजुराको बुढीनन्दा गाउँपालिका-४ का २४ वर्षीय जनक रोकायाको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.