‘जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ’

|
फाइल तस्वीर

काठमाडौँ : नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसक्दा जनतमा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन्।

राष्ट्रियसभाको सोमवारको बैठकमा उनले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहेको बताएकी हुन्।

विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा उत्पीडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरुको ध्यान जान जरुरी रहेको उनले बताइन्। उनले व्यवस्थाप्रति सबै राजनीतिक दलहरु सचेत हुन जरुरी रहेको बताइ। 

उनले संघीयता कार्यान्वयनका विषयमा समेत प्रश्न उठ्न थालेको भन्दै विचार पुर्‍याउन सबै राजनीतिक दलहरुलाई आह्वान गरिन्। 

‘कार्यकर्ता पाल्ने प्रवृत्तिबाट हामी माथि उठौँ‚ देशका जनता र पीडाहरुलाई सम्बोधन गरौँ। आन्दोलन र जनयुद्धका घाइते तथा उत्पीडनमा परेकाहरुलाई कतिको हामीले सम्बोधन गर्‍यौँ। चल्ते चलाते सरकार बनाएको छ फेरि अर्कोले सरकार बनाएको छ‚’ उनले भनिन्, ‘हामी बिग्रियौँ। यस्तै हो भने एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ। म सबैलाई सचेत हुन अुनरोध गर्न चाहन्छु।’

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनै पनि हिसाबले हुन नसक्नेसमेत उल्लेख गरिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.