|

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अनुगमन गर्ने भएको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै स्ववियु चुनाव अनुगमन गर्ने जनाएको हो।

आयोगले विगतदेखि नै मानव अधिकारको दृष्टिकोणले निर्वाचनको अनुगमन गर्दै आइरहेको जनाएको छ।

‘त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा २०८१ चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आयोगले अनुगमन गर्ने भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

आयोगले निर्वाचन अनुगमनका लागि आयोगको केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट टोली गठन गरिएको पनि जनाएको छ।

यही चैत ५ गते देशभरि स्ववियु निर्वाचन हुँदै छ तर कतिपय क्याम्पसमा भने विद्यार्थी संगठनहरूले विरोध गर्दै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.