|

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भएकाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक ल्याइएको बताएकी छन्।

राष्ट्रियसभाको सोमवारको बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्। 

उनले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको समेत बताइन्। 

उनले विधेयकमा विश्वविद्यालयको संगठन, सम्पती व्यवस्थापन, नेतृत्व र संचालकहरुको छनोट समावेशी समावेशी बनाउनेलगायत प्रबन्ध गरिएको बताइन्। 

‘आँखा स्वास्थ्य विधामा उच्च शिक्षा प्रदान गर्नुपर्ने, यस क्षेत्रमा गुणस्तरीय अध्ययन तथा अनुसन्धान गर्नुपर्ने आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने, विषेशज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने, आँखा उपचारसम्बन्धी वस्तु तथा नयाँ प्रविधिको विकास तथा विस्तार गर्नुपर्नेलगायत विषयलाई बोध गर्दै आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना तथा संचालन गर्नुपर्ने कुरालाई महत्वका साथ उठाउँदै यस विश्वविद्यालयको ऐन निर्माणमा हामी लागिरहेका छौँ‚’ उनले भनिन्, ‘यस विधेयकबाट विश्वविद्यालय स्थापना गर्दाको संगठन, संरचना, हाल सञ्चालनमा रहेका आँखासम्बन्धी संस्था तथा कार्यालयहरुको सम्पत्ति र ती सम्पत्तिसहितको जायजेथाको व्यवस्थापन, सरकारबाट कोषलाई रकम उपलब्ध गराउनसक्ने व्यवस्था, विश्वविद्यालय अनुदानबाट रकम उपलब्ध गराउनुपर्ने व्यवस्था, नेतृत्व तथा संचालकहरुको छनोटमा समावेशी मान्यताजस्ता विषयहरुलाई व्यवस्थित गर्दै सरकारलाई पर्ने व्ययभारसमेत व्यवस्थापन गरिएको छ।’

उनले विधेयकमा आँखा उपचारको क्षेत्रमा ३ तहको सरकारबीच समन्वय गर्न कार्यकारी परिषद्को व्यवस्था गरिएको समेत बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.