|

काठमाडौं : आरआर क्याम्पसमा निर्वाचन गराउनुपर्ने माग राख्दै नेविसंघले आज प्रदर्शन गरेको छ।  उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग राख्दै आरआर गेट अगाडि नाराबाजी गरेका हुन्।

अनेरास्ववियुले सोमबार मध्यराति नै तालाबन्दी गरेपछि आरआरको क्याम्पसको स्ववियु चुनाव रोकिएको हो।

‘क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकाले प्रतिकूल अवस्था सिर्जना भएकाले सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तोक्नेगरी हाललाई निर्वाचन स्थगन गरिएको छ’, क्याम्पसद्वारा प्रकाशित सूचनामा भनिएको छ।

क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.