विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी रहेको छ।
निर्धारित समयभन्दा केही ढिलो सुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्म २ हजार ६६ मत खसेको निर्वाचन अधिकृतले जनाएको छ।
निर्वाचन अहिलेसम्म शान्तिपूर्ण वातावरणमा भैरहवाको समेत जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। निर्वाचनमा नेविसंघले यस पटक प्रज्ज्वल विष्टलाई उम्मेदवार बनाएको छ। माओवादीनिकट अखिल क्रान्तिकारीले रोहित यादव विकासलाई उम्मेदवार बनाएको छ। यस्तै एमालेनिकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएको छ।
निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन्। महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन्।
मोरङस्थित ३ वटा आङ्गिक कलेज र ५ वटा सम्बन्धन प्राप्त गरी जम्मा ८ बटा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।