काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरीले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका छन्।
मन्त्री चाैधरीसँगै राखेप उपाध्यक्ष ध्रुव आचार्यले लोगो र मस्कट अनावरण गरे। मस्कटमा रेड पाण्डा (हाब्रे) राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सूर्य अंकित छ।
लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन्। दशाैँ राष्ट्रिय खेलकुद २०८२ जेठ ३-१० सम्म कर्णाली प्रदेशमा हुँदै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।