|

काठमाडौँ : पोखरा अन्ताराष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले पहिलोपटक व्यावसायिक उडान भरेको छ।

यो वायुसेवाले १२८ यात्रुसहित पोखरा अन्ताराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भने पौने १२ बजे १२६ यात्रु लिएर फर्किएको पोखरा अन्ताराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए।

यो वायुसेवाले एक सातापछि १२ चैतमा अर्को चार्टर उडान गर्ने भएको छ। त्यसपछि नियमित सेड्युल उडानको तालिका पेश गर्ने तयारी गरेको जानकारी पोखरा विमानस्थललाई दिएको छ।

विमानस्थल निर्माण भएर औपचारिक रूपमा शुरुवात भएको २ वर्षसम्म पनि नियमित उडान हुन सकेको थिएन। सिचुवानले एउटा चार्टर उडान गरेर सेड्युलको तालिका पेश गर्ने भएको छ भने हिमालय एयरलाइन्सले पनि १८ चैतबाट साताको एउटा उडान गर्ने तयारी गरिरहेको छ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छन्तुबाट पोखरा अन्ताराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान गरेको हो।​

छन्तुबाट पोखरामा आएको सिचुवान एयरलाइन्समार्फत नेपाली प्रतिनिधिमण्डल पोखरा छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन)सेल्स मिसन २०२५ का लागि गएका छन्।

उद्योगी, पर्यटन व्यवसायी र पत्रकारसहित १२६ जना टोलीको नेतृत्व गर्दै पोखरा महानगरका मेयर धनराज आचार्य चीनको छन्तुतर्फ लागेका छन्।

चीनको छन्तु र ल्हासामा नियमित उडान भए त्यसले पर्यटन प्रवर्धनलाई सहयोग गर्ने मेयर आचार्यको विश्वास छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.