|

काठमाडौं : राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले सोमबार टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ रकम माओवादीको भएको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे। 

प्रसाईँले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए। उनले भने, ‘हिजो पक्रिएको पैसा नेता र सुन तस्करको पैसा हो। त्यो माओवादीनिकट एकजना टिविटेनसँग खाने मान्छेको पैसा हो।’

प्रहरीले करिब २५ करोड नेपाली रुपैयाँबराबरको विदेशी अवैध मुद्रासहितको ट्रक र चालकलाई नियन्त्रणमा लिई हिजो पत्रकार सम्मेलन गरेको थियो। उक्त रकम कसको हो? र कुन प्रयोजनका लागि लगिँदै थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.