|

काठमाडौँ : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रियसभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)मा जान नदिन एमालेले प्रस्ताव ल्याएको खुलासा गरेका छन्।

बुधवार राष्ट्रियसभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। औपचारिक निर्णय नभए पनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अलमल्याउने काम गरेको उनको भनाइ छ।

उनले अब तत्काल कुनै पनि पार्टीसँग एकीकरण नगर्ने समेत बताए। उनले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताए।

गौतमले भने, ‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो। निर्णय नभए पनि मन चाहिँ त्यस्तो किसिमको भइसकेको थियो। त्यसै वेला एमालेबाट प्रस्ताव आयो। त्यो प्रस्ताव वामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रै’छ। अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा पनि हामी आफूलाई परिमार्जन गर्छौं।’

जनतामार्फत कम्युनिष्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.