निजगढ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताएका छन्।
बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो। संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो।”
प्रचण्डले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे। हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो।
दाहालले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्र सीमित रहेको बताए। चितवन हुँदै सिमरा आइपुगेका दाहाल यसअघि स्थगित भएको तराई–मधेश जागरण अभियानलाई निरन्तरता दिन आएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।