काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार शुरु हुँदैछ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका यो वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुनेछन्।
देशभरका दुई हजार ७९ केन्द्रबाट उनीहरूले परीक्षा दिनेछन्।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने व्यवस्था गरिएको छ। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ।
बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा यही चैत १९ गते सकिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।