|

काठमाडौं : पत्रकार संगीता बानियाँको निधन भएको छ। 

ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ। पत्रकार बानियाँको पार्थिव शरिरलाई अहिले भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लैजाने तयारी गरिएको उनका जेठाजु श्याम सिलवालले जानकारी दिए।

दुई वर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुमा स्तन क्यान्सर देखिएको थियो। स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो।बानियाँ चितवनको शिवशक्ति रेडियोमा कार्यरत थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.