|

इजरायलले गाजा क्षेत्रमा हवाईसँगै स्थलगत आक्रमणलाई तीव्र बनाएको छ। युद्धविराम जारी रहेकै वेला तीनअघि इजरायलले हमासविरुद्ध पुनः आक्रमण गरेको हो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई दिनमै ४३० जनाको मृत्यु भएको जनाएको छ। 

मंगलबारयता मात्रै गाजा क्षेत्रमा १८३ बालबालिकासहित ४३६ जनाको मृत्यु भइसकेको अलजजिराले उल्लेख गरेको छ। इजरायली सुरक्षा बल आईडीएफले आफ्नो सेना स्थलगत आक्रमणका लागि नेत्जारिम करिडोरमा पुगेको बताएको छ। यो करिडोरले गाजालाई उत्तर र पश्चिममा विभाजित गर्छ। आईडीएफको पछिल्लो आक्रमणसँगै गत जनवरीमा शुरु भएको युद्धविराम सम्झौता समाप्त भएको देखिएको बीबीसीले जनाएको छ। 

यसअघि संयुक्त राष्ट्र संघले डेर अल-बलाहस्थित कार्यालय परिसरमै इजरायली बम खस्दा आफ्ना एक कर्मचारीसहित २ जनाको मृत्यु भएको बताएको थियो। गाजा क्षेत्रमा अझै ५९ जना इजरायली बन्धक छन्, जसमा नेपालका विपिन जोशीसमेत छन्। इजरायलले तीमध्ये जिवित रहेको ठानिएका २४ जनासहित सबैलाई तत्काल हस्तान्तरण गर्न हमासलाई दबाब दिँदै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.