|

काठमाडौं : काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान आज भइरहेको छ।  विवादका कारण चैत पाँच गते हुन नसकेको स्ववियु निर्वाचन आज बिहानदेखि जारी छ।

पद्मकन्यामा नेविसंघका दुई उम्मेदवार कायम छ। नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार र बागी उम्मेदवार भूपि ऐर छन्।

परियारले नेविसंघबाट र ऐरले स्वतन्त्र समूह बनाएर उम्मेदवारी दर्ता गराएकी थिइन्।  परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन्।

पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन्। 

सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन्। सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी कायम छ। अनेरास्ववियुले सभापतिसहित चार पद लिने सहमति भएको छ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका छन्। उनीहरुको गठबन्धनबाट विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीबाट प्रजिता दर्नाल सभापतिको उम्मेदवार छन्। उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार छन्।

पद्मकन्यामा नेविसंघको दबदबा छ। २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशी श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.