काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कथाको विशाल भण्डार भएको बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भौगोलिक विविधता, विभिन्न जातजाति तथा समुदायको सामाजिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल कथाहरुको विशाल भण्डार भएको बताए।
उनले नेपाली फिल्म उद्योगले हाम्रो संस्कृति, परम्परा, ऐतिहासिक गौरव तथा सामाजिक यथार्थलाई विश्वसामु पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। कथालाई फिल्ममार्फत प्रस्तुत गरेर विश्वलाई हाम्रो देशको पहिचान दिनसक्ने सबैभन्दा उपयोगी माध्यम फिल्म भएको बताए।
कला, संस्कृति, प्रविधि र विचारको संयोजन रहेको चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सामाजिक परिवर्तनको गतिशील माध्यम भएको बताए।
‘नेपाली चलचित्र उद्योगले हाम्रो संस्कृति, परम्परा, ऐतिहासिक गौरव तथा सामाजिक यथार्थलाई विश्वसामु पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। भौगोलिक विविधता, विभिन्न जातजाति तथा समुदायको सामाजिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो देश कथाहरुको विशाल भण्डार हो‚’ अध्यक्ष दाहालले भने, ‘यी कथालाई चलचित्रमार्फत प्रस्तुत गरेर विश्वलाई हाम्रो देशको पहिचान दिनसक्ने सबैभन्दा उपयोगी माध्यम चलचित्र नै हो। चलचित्र मानव सभ्यताको अद्भूत सिर्जना हो। यसले सारा विश्वलाई जोड्ने शक्ति राख्छ।’
अध्यक्ष दाहालले इतिहासका महत्वपूर्ण परिवर्तनहरु फिल्ममार्फत अभिलेख गरिएको बताए। उनले फिल्म समाजको पथ प्रदर्शक बन्न सक्नुपर्ने बताए। उनले नेपालमा फिल्म क्षेत्रको अपार सम्भावना रहेको जिकिर गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।