पोखरा : कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गिरीलाई आज (बिहीवार) दिउँसो पोखरा न्युरोडबाट नियन्त्रणमा लिएको हो।
अख्तियारमा पोखरा महानगरविरुद्ध परेका उजुरी फर्स्योटको जिम्मा सम्हालेका गिरीलाई नगद २५ हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियार पोखराका उपसचिव राकेश पाण्डेले बताए।
“तपाईँविरुद्ध अख्तियारमा उजुरी परेको छ, मिलाइदिन्छु भनी कृत्रिम उजुरी खडा गरी रकम लिएको देखिएको छ,” पाण्डेले भने, “एक लाख मागेको भन्ने छ। उहाँको साथमा २५ हजार भेटिएको छ।”
तपाईंको ईमेल गोप्य राखिनेछ ।