|

काठमाडौं : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को नयाँ नेतृत्वमा किर्स्टी कोभेन्ट्री निर्वाचित भएकी छन्। 

आईओसीको अध्यक्ष निर्वाचित हुने किर्स्टी पहिलो महिला साथै पहिलो अफ्रिकी हुन्।

४१ वर्षमा अध्यक्ष निर्वाचित भएकी किर्स्टी सबैभन्दा कान्छी अध्यक्ष पनि हुन्। जिम्बावेकी किर्स्टी ओलम्पिक स्वर्ण विजेता पौडीवाज हुन्।

अध्यक्ष पदका सात जना उम्मेदवार प्रतिस्पर्धामा थिए। यो निर्वाचनले थोमस बाखलाई १२ वर्षपछि विस्थापित गरेको छ। 

अध्यक्षको कार्यकाल कम्तीमा आठ वर्षको हुनेछ। त्यसपछि भने थप चार वर्षका लागि पुनः निवर्चान हुन सक्नेछ। एक व्यक्तिले अधिकतम १२ वर्ष आइओसीको नेतृत्व सम्हाल्न सक्नेछन्। 

अध्यक्षका लागि क्रिस्टि कभेन्ट्रीका साथै विश्व एथल्टिक्सका अध्यक्ष सेबासिटयन कोए, स्पेनका हुवान एन्टोनियो सामारान्च प्रतिस्पर्धामा थिए। 

यस्तै अन्तराष्ट्रिय साइक्लिङ अध्यक्ष डेभिड लापारटिएन्ट, जोर्डनका प्रिन्स फैजल अल हुसने, अन्तर्राष्ट्रिय जिम्न्यास्टिक संघका अध्यक्ष मोरिनारी वाटानाबी र ओलम्पिकका नयाँ सदस्य खर्बपति जोहान इलासले उम्मेदवारी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.